बलात्कार पछी निलम्बित अनेरास्ववियुका नेता राईलाई ८ बर्ष ६ महिना कैद

काठमाडौ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए । जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरेको थियो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
शुक्र, फाल्गुन ३०, २०७६ (March 13, 2020, 10:47 am) मा द्वारा अदालत अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

ट्रेन्डिङ

भिडियाे

थप

छुटाउनु भयाे कि ?

थप