पक्राउ

ज्यान मुद्दाका फरार अभियुक्त ९ महिनापछि पक्राउ

सप्तरीमा सवारी ज्यान मुद्दाका फरार एक किशोर ९ महिनापछि पक्राउ परेका छन् ।सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियाका १८ वर्षीय रुस्तम भनिने नजबुल मन्सुरी पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ परेका आरोपितलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य सुरु गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पूर्व-पश्चिम राजमार्गमा मन्सुरीले चलाएको ना.३स २१०७ नम्बरको अटो रिक्साले सोही ठाउँका ७० वर्षीय रामेश्वर साहलाई भदौ ५ गते ठक्‍कर दिएको थियो ।

ठक्‍करबाट घाइते साहको उपचारका क्रममा न्युरो अस्पताल बिराटनगरमा भदौ ११ गते मृत्यु भएको थियो । अटो रिक्साको नम्बर हाल सगरमाथा यातायातमा दर्ता भई स.१ ह ३७६३ नम्बर भएको छ । सवारी चालक अनुमति पत्र नलिइ अटो रिक्सा चलाएका मन्सुरी घटनापछि फरार थिए।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
सोम, बैशाख २९, २०७७ (May 11, 2020, 1:21 pm) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

ट्रेन्डिङ

भिडियाे

थप

छुटाउनु भयाे कि ?

थप